फागुन २४,खोटाङ । अखिल नेपाल महिला संघ खोटाङले बिरामीहरुलाई फलफुल वितरण गरेर ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

बिहीबार जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरेर  ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो ।

अस्पतालमा उपचाररत १० जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा, सुन्तला,अनार अंगुर,बिस्कुट फ्रुटी लगायतका फलफुल वितरण गरेर दिवस मनाइएको अखिल नेपाल महिला संघ खोटाङकी अध्यक्ष धनकुमारी श्रेष्ठले बताउनुभयो ।

अखिल नेपाल महिला संघको केन्द्रीय सचिव एवं नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य विणादेवी राई, नेकपा एमाले खोटाङका अध्यक्ष राम प्रसाद दंगाल, सचिव कुमार आचार्य, नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष गोपाल आचार्य, लगायतले बिरामीलाई फलफुल वितरण गरेर बिरामीको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर