फागुन१४,खोटाङ । नेकपा (एमाले) खोटाङ– काठमाडौं सम्पर्क मञ्चको १४ औं अधिवेशनबाट दिपक दाहाल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
सोमबार एमाले कोशी प्रदेश सम्पर्क कमिटि च्यासल,ललितपुरमा सम्पन्न १४ औं अधिवेशनले दिपक दाहाल को अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यस्तै,उपाध्यक्ष राजकुमार राई,उपाध्यक्ष प्रसंसा अधिकारी, सचीव पदम सुन्दर राई, उप–सचीव भवनी लुइँटेल, उप–सचीव उमा आचार्य र कोषाध्यक्षमा सन्तोष राई निर्वाचित हुनुभएको हो ।
नयाँ कार्यसमितिलाई नेकपा (एमाले) कोशी प्रदेशका उप–सचिव एवं निर्वाचन मण्डलका अध्यक्ष देवन राईले सपथ ग्रहण गराउनु भएको थियो ।