फागुण७,खोटाङ ।ऐसेलुखर्क गाउँपालिकाका सामुदायीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षलाई शैक्षिक गुणस्तर सुधार गर्नको लागि नेतृत्व विकास तालिमको आयोजना गरिएको छ ।

जी फाउण्डेशन नेपालको आर्थिक तथा प्रयास नेपालको प्राबिधिक सहयोगमा गाउँपालिकाको सभाहल ऐसेलुखर्क बजारमा फागुण ५ गतेखि सुरु भएको तालिममा वडा नं.२ बाकाचोल,३ऐसेलुखर्क र ७ माक्पाका २० वटा समुदायिक बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघ अध्यक्षका ४० जना नेतृत्व विकास तालिममा सहभागी भएका थिए ।

तालिममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकार, शैक्षिक नीति नियम, विद्यालयको वर्तमान अवस्थाको लेखाजोखा, सुधार गर्नुपर्ने पक्षहरु, बालमैत्री विद्यालयको अवधारणा, नेतृत्व विकास लगायतका विषयवस्तुहरुमा जी फाउण्डेशनका बरिष्ठ शिक्षा अधिकृत ललिता तामाङले प्रशिक्षण दिनुभएको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले बताउनुभयो ।

गाउँपालिकासँगको सहकार्यमा जी फाउण्डेशनको आर्थिक तथा प्रयास नेपालको प्राबिधिक सहयोगमा सञ्चालन भईरहेको नेतृत्व विकास तालिमले समुदायिक बिद्यालयकाको  शिक्षा सुधारमा थप टेवा पुगेको गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनुभयो । तालिममा सिकेका सीप र ज्ञानलाई आफ्नो विद्यालयमा लागू गरेर उत्कृष्ट बिद्यालय बनाउनको लागि अध्यक्ष राईले आग्रह गर्नु थियो ।

प्रयास नेपालकी अध्यक्ष गुप्ती लक्ष्मी राईको अध्यक्षता तथा ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर राई प्रमुख आतिथ्यता र उपाध्यक्ष राजेश कुमार राजभण्डारीको बिशेष आतिथ्यतामा तालिमको समापन भएको थियो । वडा नं. २ का वडा ध्यक्ष नन्द कुमार तामाङ, ३ नं.का वडाध्यक्ष टेकेन्द्र राजभण्डारी,७नं.का वडाध्यक्ष अरुण राई, जी फाउण्डेशनका बरिष्ठ कार्यक्रम व्यावस्थापक श्याम नेपाल, ऐसेलुखर्क गाउँपालिका शिक्षा शाखा प्रमुख निरकुमार बस्नेत लगाएतको उपस्थितिमा रहेको थियो ।

नेतृत्व विकास तालिममा सहभागीले यहाँ सिकेको ज्ञान र सिपलाई बिद्यालयमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जी फाउण्डेशनको आर्थिक तथा प्रयास नेपालको प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिकाका सामुदायीक विद्यालयहरुको शैक्षिक सुधारमा सहयोग गर्न गुणस्तरी शिक्षा, कृषिलाई व्यावसायिक बनाउदै कृषि तथा पोषणमा सुधार गर्न कृषि तथा पोषणमा सुधार र विद्यालय भवन, खानेपानी र सिंचाई निर्माण लगाएका कार्यक्रमहरु संचालन गरिरहेको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर