सामाजिक कार्यमा सक्रिय संस्था क्लव हिमालयन टाईगर केन्द्रीय समितिको अध्यक्षमा पुनः रेवतचन्द्र भण्डारी चुनिएका छन् ।क्लवको आज सम्पन्न चौथो साधारणसभाले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लवको सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा तेजकुमार श्रेष्ठ,उपाध्यक्षमा कुमारबाबु गजुरेल,महिला उपाध्यक्षमा सरिता न्यौपाने, महासचिवमा राजु खड्का,सचिवमा तुलसीराम तिम्सिना, महिला सचिवमा जानुका पौडेल , कोषाध्यक्षमा सरोज बाँस्कोटा र सहकोषाध्यक्षमा हिमाल गुरुङ चुनिएका छन् ।
यसैगरि क्लवको सदस्यहरुमा राजकुमार दाहाल, राजन गजमेर, टेकेन्द्र कार्की,सुष्मा निरौला, सुजन आचार्य, पदमबहादुर राउत,हरि तिवारी, भुवन ढकाल, योगमाया बुढाथोकी र युवराज अधिकारी चुनिएका छन् । कार्यसमितिको पदावधि दुई वर्ष रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर