माछाको ग्रेभीका लागि निक्कै चर्चित झापा दमकको अम्बिका माछा फ्राइ होटलबाट ठुलो परिमाणको अखाद्य माछा बरामद गरिएको छ ।दमक नगरपालिकाको बजार अनुगमन टोलीले सोमबार अम्बिका माछा फ्राइबाट करिब ६ क्विन्टल भण्डारण तथा कुहिएका माछाहरू बरामद गरेको हो ।
सो टोलीले माछा फ्राइको अनुगमन गर्दा बिक्रीका लागि ल्याएको माछा भारतबाट आयात गरी राखिएको अवस्थामा फेला पारेको थियो ।सो माछा अवैध रुपमा भित्र्याएको पाइएपछि अनुगमन टोलीले नगर प्रहरी लगाएर माछा जफत गरेको थियो । बरामद गरिएका अखाद्य माछा तथा मासुहरु नष्ट गरिएको थियो ।

दमक नगरपालिकाले यसअघि सूचना निकालेर मरेका माछा बिक्रीमा प्रतिबन्ध लगाएको थियो । अम्बिका माछामा सडेको माछा बिक्री गर्ने गुनासो रहँदै आएको थियो ।दमकपछि अम्बिका माछा फ्राइ भनेर बिर्तामोडमा होटल सुरु गरिएको भए पनि ग्राहकलेबाट माछ स्वाद मन नपराएरपछि सुनसान जस्तै हुने गरेको छ ।
यसैगरि, दमककै सगुन होटल, दमक चौंककै सव्जीवजार भित्रको माछा पसल, त्यहाँको खाजा घरबाट अखाद्य माछा, रंग मिसावट मासु समेत बरामद गरिएको वजार अनुगमन समितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख रेगिना भटटराईले बताईन् । यसैगरि, दमकमा निकै लोकप्रिय खाजा घरका रुपमा स्थापित पूर्वाञ्चल बेकरीमा समेत अनुगमन टोलीले खाद्यपदार्थमा अखाद्य मिसावट गरेको पाईएको हो । यस्तै, टोलीले बजारस्थित मासु पसलहरुमा समेत अनुगमन गरिएको थियो ।
अनुगमनमा सरकारी टोली, खाद्य तथा क्वारेन्टाईनका अधिकारी, दमक उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन, जनप्रतिनिधिहरु, सञ्चारकर्मी लगायतका सरोकारवालाहरु संलग्न थिए ।नगरपालिकाको गठित वजार अनुगमन समितिले मासुजन्यसहित उपभोग्य समानहरुको विक्रीस्थलहरु, खाद्यस्थलहरुमा अनुगमन कार्य तीव्र बनाईने अनुगमन अधिकारीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर