दमक — दमकमा समृद्ध नेपाल सुखी नेपाली बिषयक दमक नगर स्तरिय अन्तर मावि तह बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा मोडल अंग्रेजी माध्यमिक बिद्यालयका प्रतिक खनालले प्रथम स्थान हाशिल गरे । यस्तै, ग्लोबल एजुकेशनल एकाडेमीका प्रज्वल सिटौला द्धितीय, हिमालय माध्यमिक बिद्यालयका सुलभ न्यौपाने तेश्रो भए भने एकता एकाडेमीका बिपाशा लिम्बु, प्रजिता एकाडेमीका आयुषा खड्काले सान्तवना जित हात पारे । राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटिले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा प्रमुख अतिथीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली रहनुभएको थियो । प्रतियोगितामा १४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको राष्ट्रिय युवा संघ दमक नगर कमिटीका अध्यक्ष बिबेक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर