संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपतिमा आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेम्वाङका दुई छोरा मिङ्सो नेम्वाङ र सुहाङले दगबत्ती दिएका हुन् । नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

नेम्वाङलाई अन्तिम बिदाइ गर्न पुशपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेता तथा पार्टी नेता-कार्यकर्ता पुगेका थिए ।

प्रधानमन्त्री दाहालले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए भने अध्यक्ष ओलीले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

यसअघि बालुवाटारस्थित निवासबाट आर्यघाटसम्म शव यात्रा गरिएको थियो । सोमबार मध्यराति निधन भएका नेम्वाङको पार्थिव शरीर दुई दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । विदेशमा रहेका दुई छोराहरु मिङ्सो र सुहाङ बुधबार स्वदेश फर्किएपछि आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर