बुधबार दिउँसो विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानमा यात्रुबीच कुटाकुट भयो ।

जहाज ७० यात्रु बोकेर विराटनगरबाट उडेको थियो । त्यहाँबाट करिब २४ किलोमिटर दूरी उडिसकेको भए पनि विमान स्थिर उचाइमा पुगेको भने थिएन । एकाएक मध्य भागमा बसिरहेका दुई यात्रुले कुटाकुट गर्न थाले ।

स्थिर उचाइमा जहाज पुगिसकेको नभएकाले सिट बेल्ट खोलेर क्याबिन क्रु र यात्रुलाई हिँडडुल गर्ने अनुमति थिएन । ती दुई यात्रुले कुटाकुट गरेको देखे लगत्तै परिचारिकाले चालक दललाई खबर गरिन् । छेउका यात्रुहरू उनीहरूलाई सम्झाउन थाले तर उनीहरूले मानेनन् ।

अन्ततः सिट बेल्ट नै खोलेर कुटाकुट गरेका उनीहरूको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर