प्रहरी चौकी शुक्रबारेमा कार्यरत् प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बस्नेत फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बस्नेतलाई फागुन महिनाको उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ले सम्मान गरेको हो।

बस्नेत इलाका प्रहरी कार्यालय सखरदिना मोरङ दरबन्दी भई प्रहरी चौकी शुक्रबारेमा कार्यरत् छन्।

उनले प्रहरी चौकीको भान्सा, कम्पाउन्ड, डिउटी पोष्टको मर्मत सम्भार, कम्प्युटर र प्रिन्टरसमेत व्यवस्था गरी कार्यालयलाई प्रविधियुक्त बनाउन पहल गरेको सम्मान पत्रमा उल्लेख छ।

गत फागुन २८ गते छथर गाउँपालिका-४ बतासेस्थित जंगलमा लागेको आगलागी समयमै नियन्त्रणमा लिई जनधनको क्षति हुन नदिएको, कुनै पनि आपराधिक घटना तथा दैव प्रकोप रोकथान र नियन्त्रण कार्यमा बस्नेत सफल भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर