बिराटनगर — मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणमा सहकारीका थप एक जना पक्राउ परेका छन् । फरार रहेका सहकारीका सिए सितल चन्दलाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिनुभएको छ । चन्दसहित यसअघि पक्राउ परेका सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेलाई ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी दाहालले बताउनुभयो । सहकारीका संचालकहरुलाई पक्राउ गरेपछि उनीहरु विरुद्ध मोरङ प्रहरीमा ठगीमा उजुरी दिने बचतकर्ताको संख्या पनि बढेको छ । सोमबार साझसम्म १ हजार २ सय ३७ जनाले ४८ करोड ४६ लाख रुपैयाँ ठगी गरेको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका छन् । यो संख्या अझै वृद्धी भएर जाने प्रहरीको अनुमान छ । सर्वसाधरणले बचत गरेको अर्वाे रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारी संस्थाका अध्यक्ष शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान सुरू गरेको छ । फरार अध्यक्ष शर्माको खोजी कार्य पनि प्रहरीले तिव्र बनाएको छ । सहकारीका संचालकहरुले २१ हजार ७१३ जना सर्वसाधारणको जम्मा गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उजुरी दिन आउने मोरङको मात्र हो । झापा, सिराह र गाइघाटको विवरण आउनै बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर