ठेकेदार कम्पनीले बीचैमा काम छाडेपछि इटहरी अस्पतालको भवन निर्माण अलपत्र परेको छ ।

कुल १२ करोड ६० लाख ४७ हजार २ सय ७१ रुपैयाँमा गिरी जेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो । तर ठेकेदार कम्पनीले रकम निकासा नभएको भन्दै काम छाडेपछि अलपत्र परेको हो ।

सम्झौताअनुसार तीन महिनाअघि नै निर्माण सम्पन्न गरिसक्नुपर्ने भवन निर्माणको काम ६ महिनादेखि अलपत्र हुँदा साँघुरो भवनबाटै सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर