दमक — झापाको दमक नगरपालिका वडा नम्बर ९ पुर्वेली टोलका युवाहरु संगठित भएका छन् । उनीहरुले प्रेम दाहालको अध्यक्षतामा पूर्वेली युवा क्लब गठन गरेका छन् ।
युवाहरुलाई संगठित बनाई समाजिक काम गनर्का साथै युवाहरुलाई सिर्जनशिल काममा लगाउन पुर्वेली युवा क्लब गठन गरिएको बताईएको छ । युवाहरुको आज सनिबार सम्पन्न भेलाले दाहालको अध्यक्षतामा १५ सदस्यीय समिति समेत गठन गरेको छ । गठित क्लबको उपाध्यक्षमा मुकेश शाह र महिला उपाध्यक्षमा रेजिता कोईरालालाई चयन गरिएको छ । त्यसैगरी क्लबको सचिवमा सरोज बोहरा, सह सचिव युवराज निरौला र कोषाध्यक्षमा सन्तोष बोहरा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा नितेस कार्की, सुरज घिमिरे, मनिष पौडेल, दिपेश कार्की, प्रशान्त श्रेष्ठ, मनिका निरौला, रोशनी राई, जान्वी परियार र विशाल ठाकुर चयन भएको नब गठित क्लबका अध्यक्ष प्रेम दाहालले जानकारी दिनुभएको छ ।
आज बिहान आयोजित क्लब गठनसहित घोषणा कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । युवाहरुको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एबम वडाध्यक्ष भट्टराईले संगठित भई सकारात्मक काममा लाग्न क्लब स्थापना गरेकोमा धन्यबाद दिनुभयो । उहाँले क्लबलाई दर्ता गराई कानुनि बैधता दिन वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । उहाले अन्य टोल बिकास संस्था भन्दा पूर्बेली टोल बिकास संस्था सबै कुराहरुमा अग्र स्थानमा रहेको उल्लेख गर्दै आगामी दिनमापनि यो बिरासतलाई कायमै राख्न सुभकामना समेत ब्यक्त गर्नुभयो ।
पूर्बेली टोल बिकास संस्थाका अध्यक्ष उमानाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष न्यौपानेले आगामी दिनमा युवा परिचालित भएपछि यस क्षेत्रमा भईरहेका बिभिन्न बिकृती लगायत अन्य बिबिध समस्याहरु समाधान गर्दै लैजानेमा सबैलाई सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाले युवाहरुको क्रियाशिलताले आगामी दिनमा निरन्तरता पाउदै जाओस भन्ने कामना पनि गर्नुभयो ।
क्लबलाई तत्कालै वडा लगायत सम्बन्धित निकायमा दर्ता प्रक्रिया अघि बढाउने नब गठित क्लबका अध्यक्ष प्रेम दाहालले बताउनु भएको छ । उहाले युवाहरुलाई सिर्जनशिल काममा लगाउनुका साथै समाज परिवर्तनको नेतृत्वमा ल्याउन क्लब गठन गरिएको जानकारी पनि दिनुभयो । आगामी दिनमा क्लबले यस क्षेत्रमा देखिएको फोहोर व्यवस्थापनको समस्या, लागू औषध प्रयोकर्ताहरुको मनपरिको नियन्त्रण, रातमा भईरहेको चोरीका घटना रोकथाम लगायत अन्य बिबिध समस्याहरु समाधानका निम्ती आफुहरुको ध्यानाकर्षण भएकोपनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर