शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा फोहोर प्रशोधन केन्द्रको आज सफल परीक्षण गरिएको छ।
शिवसताक्षी नगरपालकाको वडा नं. ७ झारबारीमा निर्माण भएको अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन मेसिनको परिक्षण गरिएको हो ।

नगरपालिकाले अत्याधुनिक किसिमको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि २०७८ चैत्र १८ गते शिलान्यास गरेको थियो ।

परिक्षण सफल भएसँगै केही दिनमा विधिवत उद्घाटन गर्ने शिवसताक्षी नगरपालिको तयारी रहेको छ ।

झापा मै पहिलो पल्ट फोहोरको व्यवस्थापनका शिवसताक्षी नगरपालिकाले शुरु गरेको फोहोर प्रसोधन केन्द्रको मेसिनको सफल परिक्षण गरिएको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले जानकारी दिए । उनले
फोहोर प्रशोधन केन्द्रका लागि नगरपालिकाले २ विगाह १८ कठ्ठा जग्गा खरिद गरी घेराबाराको काम सम्पन्न भएको बताए । हाल फोहोर प्रशोधन मेसिन स्टल गरी सफल परीक्षण गरिएको छ ।

अब फोहोर छुट्याउने चेम्बर टहरा, गाडी पार्किङ्ग, कार्यालय भवन निर्माण गर्न बाँकी रहेको नगरप्रमुख थोप्राले बताए। हालसम्म करिब ३ करोड खर्च भइसकेको छ भने, मेसिनको लागि मात्र १ करोड खर्च भएको नगरप्रमुख थोप्राको भनाई छ । नगरप्रमुख थोप्राका अनुसार फोहोर व्यवस्थापन क्षेत्र भित्र फुलबारी, बगैंचा लगाएर आकर्षक बनाइने योजना रहेको छ ।

शिवसताक्षी नगरपालिकाले फोहोर व्यवस्थापनका सम्पूर्ण संरचना निर्माण गर्न १२ करोड लाग्ने डिपिआरमा उल्लेख छ।

फोहोर प्रशोधन मेसिनले १ घण्टामा ३ सय किलो फोहारलाई नष्ट गर्ने बताइएको छ । जसमा फलामजन्य बाहेक अन्य सबै प्रकारका फोहोर उक्त मेसिनले नष्ट गर्ने छ ।

फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नगरका फोहोर जन्य सामाग्रीहरुको व्यवस्थान सहज हुने भएको छ । नगरपालिकाले फाहोर प्रशोधन केन्द्रको व्यवस्थापन, त्यसमा लाग्ने कर्मचारी, गाडी व्यवस्थापनका लागि फोहोरको प्रकृति हेरी शुल्क निर्धारण गरेको जनाएको छ । नगरप्रमुख थोप्राले नगरका बजारहरुमा संकलन गरिएको फोहारलाई प्रशोधन केन्द्र सम्म ल्याएर व्यवस्थापनका लागि न्युन शुल्क निर्धारण गरिएकोले उक्त शुल्क नगरपालिकामा बुझाउन समेत नगरबासीलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर