टिफरको ठक्करबाट झापाको कमल गाउँपालिकामा आज दिउँसो एक जना युवा सख्त घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्गको पाडाजुंगीस्थित सडकखण्डमा आज दिउँसो १२ बजे तिर पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १०प ९२८१ नम्बरको मोटरसाईकललाई बिपरित दिसाबाट आएको टिफरले ठक्कर दिदाँ मोटरसाईकल चालक गम्भीर घाईते भएका छन् । घाईतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । अन्दाजी ४० बर्षिय देखिने ती युवा बाम्हण समुदायको भएको बताईएको छ ।
घाईतेलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको छ भने टिफर र टिफर चालकलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक मिलनकुमार लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर