मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज विभागीय टोली एपिएफ फुटबल क्लब र बंगलादेशको काउवार्न बजार प्रगति संघ, ढाकाबीच प्रतिस्पर्धा हुँदैछ । भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगितामा एपिएफ र पाहुना टोली ढाकाबीच आज दिउँसो साढे २ बजे भिडन्त हुन लागेको  आयोजक समितिले जनाएको छ । आज हुने अन्तिम क्वाटरफाइनल खेल्ने विजेता टोलीले सेमिफाइनलमा मछिन्द्रसँग फागुन १४ गते भिड्ने छ ।
आइतबारबाट सुरु भएको गोल्डकप फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर