झापाको गौरादहस्थित गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नगेन्द्र कार्की (नरेश) बिजयी भएका छ्न् ।आज विहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार उनले १००६ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिद्धन्दी कृष्णप्रसाद बाँस्कोटाले ७९५ मत प्राप्त गरेका थिए । यसैगरि, सचिवमा जगत अधिकारीले १०६३ मत ल्याएर विजयी हुदाँ उनका प्रतिस्पर्धी पुण्यप्रसाद सिग्देलले ७३८ मत ल्याएका थिए ।
यस्तै,लेखा समितिको संयोजकमा किशोरकुमार पौडेलले ११४८ मत ल्याएर बिजयी हुदाँ उनका प्रतिष्पर्धी तिलकदास तिमल्सिनाले ५४९ मत प्राप्त गरेका थिए ।लेखा सदस्यमा रुद्रप्रसाद धमला(९४०) र नारायण काफ्ले ८४६ मत प्राप्त गरेर बिजयी हुदाँ मेनुका डाँगी (६६२ ) र सुदिप खड्काले (६६२ ) मत प्राप्त गरेका थिए ।
त्यसैगरी खुल्ला सदस्यहरुमा कुशहरि दाहाल (११४०), बिरेन्द्र बस्नेत (१०४०), सीताकुमारी बुढाथोकी (८३६) ,रमेशकुमार थापा (८२६), लिला बहादुर कार्कीले (८२६) मत ल्याएर बिजयी भए । साथै सदस्यहरुमा देबेन्द्र खड्काले ८१५मत, दुर्गाप्रसाद अधिकारीले ७२९मत ,बेणु काफ्लेले ६७१मत ,धनपति भट्टराईले ५११मत र होमप्रसाद उप्रेतीले ५१० मत प्राप्त गरेका थिए ।
महिला सदस्यहरुमा मन्दिरा खड्काले (१०८९) , कौशिला कट्टेल (१०६९), मुना संग्रौला (९८७ ) गोमा कडरियाले (९७२ ) मत ल्याएर बिजयी भईन् । त्यसैगरी महिला सदस्यमा पराजित हुनेहरु पवित्रा आचार्यले ७९८ मत र जमुना राजवंशीले ६९६मत प्राप्त गरेकी थिइन् ।सोमबार सम्पन्न निर्वाचनमा ३४१२ मतदाता मध्ये २०५६ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर