उर्लाबारी / पोलैण्ड पठाईदिने आश्वासनमा रकम कुम्ल्याएर वेपत्ता एक कम्पनिको कार्यालयमा पिडितहरुले घेराउ गरेकाछन् ।

उर्लावारी –७ स्थित ग्रो मोर क्यापिटल एण्ड एसेट्स् प्रा.लि.को कार्यालय खोलेर करिव २ दर्जन ब्याक्तिहरुको रकम कुम्ल्याएर वेपत्ता भएका भन्दै कार्यालय घेराउ गरी २ जना कर्मचारीहरुलाई पिडित पक्षले कोठा भित्रै थुनेका हुन् ।

दमक–९ घर भएका पेमा लामा र शिव सताक्षी न.पा.–७का मात्रिका प्रसाद राजवंशी लगायत ८ जनाले सुरु गरेको सो कम्पनिले अनलाईन मार्फत विदेश पठाईदिने विज्ञापन खुलाएर आफूहरुलाई फसाएको पिडितहरुले आरोप लगाएका छन ।

लामो समयदेखि आश्वासन दिई पटक पटक झुक्याईरहेका र फोन सम्पर्क समेत हुन नसकी रहेको अवस्थामा कार्यालय सञ्चालन गरी बस्ने २ जना कर्मचारीहरुलाई फेला पारी आफ्नो रकम फिर्ता गर्न माग राखिएको पिडित पक्षले जनाएको छ ।

कम्पनिका जिम्मेवार निकायहरु आफूहरुसँग सम्पर्कमै रहेकाले पिडित पक्षहरुको रकम फिर्ता गरिने प्रा.लि.को कार्यालयका कर्मचारी कृष्ण प्रसाद दासले बताएका छन् ।

पिडित पक्षहरुले दुवै कर्मचारी कृष्णदास र भुवन श्रेष्ठलाई कार्यालयमै थुनेर सञ्चालकहरुबाट आ–आफ्नो रकम फिर्ता गर्न प्रयास जारी रहेको बताएका छन् । आफूले समेत ३ महिनादेखि तलव खान नपाई रहेको कर्मचारी हरुको गुनासो छ ।

ग्रो मोर क्यापिटल एण्ड एसेट्स् प्रा.लि. को कार्यालय खोलेर, विमा सम्बन्धिकार्य गर्ने अनुमति लिएर ,वैदेशिक रोजगारीमा पठाउने एजेन्टको रुपमा ठगि धन्दा गर्ने हरुको प्रयास विफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर