बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामग्री वितरण गरेको छ । आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामग्री वितरण गरेको हो । कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामग्री वितरण गरिएको हो ।

नगरपालिकाले मिनि ट्रेलर ९ थान, ड्रिल मेशिन ३ थान, ड्यांग बनाउने मेशिन १ थान, उकेर लगाउने मेशिन १ थान, हर्वना ४५ थान, स्प्रे ट्यांकी ४५ थान, मल्चिन ३७ थान, टनेल ४० थान, हलो ५० थान, झार गोड्ने काँटा ६० थान र विभिन्न प्रकारका तरकारीको विउविजन वितरण गरेको हो । जम्मा २१ लाख १० हजार ९ सय रुपैयाँको सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

उक्त सामग्री नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले अनुदानमा दिएका सामग्रीहरुको सहि सदुपयोग गर्नुपर्ने बताइन् । बिर्तामोड नगरपालिकामा जनघनत्व बढ्दै गएको र कृषि क्षेत्र साँघुरींदै गएको भन्दै उनले खाली रहेका जग्गा जमिनहरु बाँझो नराख्न पनि आग्रह गरिन् । यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अर्गानिक तरकारी उत्पादनमा जोड दिएका छन् । भारतबाट आएको विषादी हालिएका तरकारीले क्यान्सर लगायतका प्राणघातक रोग लाग्ने भएकाले यहीं विषादी रहित तरकारी व्यवसायिक रुपमा उत्पादन गर्न कृषकहरुलाई आग्रह गरेकी छन् ।

आर्थिक विकास समिति संयोजक संगिता शिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खतिवडा, तरकारी उत्पादन तथा व्यवस्थापन समितिका अध्यक्ष माधव सिटौला लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर