गौरादह — झापाको गौरादह नगरपालिका ७ स्थित दुधालीमा जारी श्रीमद् भागवत महापुराण धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा सहयोग जुट्ने क्रम जारी छ ।
श्री राधाकृष्ण मन्दिर दुधालीको आयोजनामा जारी महापुराणमा दाताहरुबाट संकलित रकमले राधा कृष्ण मन्दिरको उद्घाटनसँगै राधाकृष्ण भगवानको बिग्रह प्राण– प्रतिष्ठा, मन्दिर घेराबारा तथा पुजारी आवास निर्माण गरिने महापुराण आयोजक व्यवस्थापन समितिका अध्यक्ष राजेश राईले जानकारी दिनुभएको छ ।
महापुराणमा युवा पण्डित नारायाण शरण काफ्ले शास्त्री प्रमुख बाचक रहनुभएको छ । महायज्ञमा भूमिदान, जिन्सी दान, तुलादान, सुन दान, अन्न दान र अन्य सबै प्रकारका दानहरु भईरहेको महापुराण आयोजक व्यवस्थापन समितिका सचिब गंगाराम राजबंशीले जानकारी दिनुभएको छ ।
महापुराणमा अहिलेसम्म सबै प्रकारका दान मार्फत करिब ४ देखी ५ लाख रुपैया संकलन भएको छ । गत फागुन २ गतेदेखी सुरु भएको महापुराण आगामी ९ गते समापन हुने श्रीमद् भागवत महापुराण प्रचार प्रसार समितिका संयोजक बलबहादुर तामाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर