झापा — मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाले दमकमा सञ्चालन गरेको सेवा केन्द्रसहित डिपार्टमेन्ट स्टोर बन्द गरेपछि सहकारीका बचतकर्ता अन्योलमा परेका छन् ।
दमक ९ मा रहेको सो सहकारी संस्थाको सेवाकेन्द्रले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि केहि दिनदेखि सेवाकेन्द्रसहित गार्डेन डिपार्टमेन्ट स्टोर बन्द छ । अन्य सहकारी संस्थाले दिएको भन्दा उच्च २० प्रतिशतसम्म ब्याज दिने भन्दै दमकबाट सङ्कलन गरेको ठूलो रकम अहिले जोखिममा परेको भन्दै सो सहकारीका बचतकर्ताहरु स्थानीय सरकारदेखी प्रहरीसम्म गुहार्ने स्थितीमा पुगेका छन् । सनिबार मात्रै उनीहरुले ईलाका प्रहर िकार्यालय दमकमा पुगेर सहकारीले सञ्चालन गरेको उद्योग र मार्टबाट सर–सामान निकालिने त्रास रहेको भन्दै प्रहरकिो ध्यानाकर्षण गराएको तुलसी सहकारीबाट पीडित बनेका दमक ५ का दधिराम खरेलले जानकारी दिए ।
सेवा केन्द्रसंगै डिपार्टमेन्टल स्टोर बन्द भएपछि बचतकर्ताहरु आफूहरु अन्यौलमा परेको गुनाशो गरिरहेका सो सहकारी संस्थाले चारदेखि पाँच वर्षसम्ममा दोब्बर रकम दिने भनेर सयौ बचतकर्ताबाट रकम लिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर