मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाले दमकमा सञ्चालन गरेको सेवा केन्द्रसहित डिपार्टमेन्ट स्टोर बन्द गरेको छ ।
दमक ९ मा रहेको सो सहकारी संस्थाको सेवाकेन्द्रले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि दुई दिनदेखि सेवाकेन्द्रसहित गार्डेन डिपार्टमेन्ट स्टोर बन्द भएको हो । अन्य सहकारी संस्थाले दिएको भन्दा उच्च २० प्रतिशतसम्म ब्याज दिने भन्दै दमकबाट सङ्कलन गरेको ठूलो रकम अहिले जोखिममा परेको छ ।
संस्थाकी सचिव सबिना न्यौपानेले सूचना टाँस गरेर आर्थिक तरलताका कारण सिंगो क्षेत्रनै प्रभावित भएकाले त्तत्काल बचचकर्ताको रकम फिर्ता गर्न नसकिने भन्दै सेवा केन्द्र बन्द गर्नुपरेको उल्लेख छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि संस्थाबाट प्रदान गरिने सेवा प्रदान गर्न नसक्ने जनाएको छ ।
सेवा केन्द्रसंगै डिपार्टमेन्टल स्टोर बन्द भएपछि बचतकर्ताहरु अन्यौल आफूहरु अन्यौलमा परेको दमक ८ की शारदा शर्माले बताईन् ।सो सहकारी संस्थाले चारदेखि पाँच वर्षसम्ममा दोब्बर रकम दिने भनेर सयौ बचतकर्ताबाट रकम लिएको बुझिएको छ ।
यसैगरि, बचतकर्ताहरुले आज दमक नगरपालिकामा पुगेर आफूहरुले बचत गरेको रकम फिर्ता दिलाईदिन माग राख्दै प्रर्दशन गरेका छन् ।दुई वर्षअघिदेखि सो सहकारी संस्थाले आफ्नै भवनमा डिपार्टमेन्ट स्टोर र सेवा केन्द्र चलाउँदै आएको थियो । सो सहकारी संस्थाले दमक आसपासमा जग्गा खरिद तथा उद्योग सञ्चालन गर्दै आएको छ ।
दमक नगरपालिकाको सहकारी शाखाका प्रमुख इच्छाराम चम्लागाईंका अनुसार तुलसी सहकारी संस्थाको जग्गा रोक्का गर्न एउटा निवेदन आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर