झापा बारको अध्यक्षमा अधिवक्ता नारायण भट्टराई निर्वाचित भएका छन् । भट्टराई प्रगतिशील कानुन व्यवसायी एशोसिएसनका तर्फबाट अध्यक्षमा निर्वाचित भएका हुन् । भारी मतान्तरसहित भट्टराई निर्वाचित भएका छन् ।

१३ सदस्यीय कार्यसमितिका लागि सम्पन्न मतदानबाट भट्टराईले ९२.मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी डेमोक्र्याटिक्स लयर्स एशोसिएसनका कालीप्रसाद संजेलले २१ मत ल्याउन सफल भए ।

यसअघि प्रगतिशील कानुन व्यवसायी र डेमोक्र्याटिक्स लयर्स एशोसिएसन झापाबीच नेतृत्वमा आलोपालो सहमति भएको थियो । सहमति विपरित संजेलले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो ।

प्रगतिशील कानुन व्यवसायी संगठन र प्रजातान्त्रिक कानुन व्यवसायी संगठनबीचको सहमति अनुसार उपाध्यक्षमा प्रजातान्त्रिक समूहबाट भीम बराल , सचिवमा सन्तोषकुमार प्रसाई, सहसचिवमा कोपिला बस्नेत तथा सदस्यहरुमा भरत प्रसाई, सेमन्त मिश्र, पदम रिमाल र लक्ष्मीप्रसाद सिवाकोटीलाई निर्विरोध निर्वाचित गरिएको छ ।

यसैगरी प्रगतिशील कानुन व्यवसायी संगठनबाट कोषाध्यक्षमा दिपकप्रसाद निरौला तथा सदस्यहरुमा नारायणप्रसाद चौलागाई , राजेन्द्र खनाल, कविता बास्तोला र रुद्रबहादुर न्यौपानेलाई सर्बसम्मत चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर