काठमाडौं । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उपस्थित भएका छैनन् ।

केहीबेर अघिबाट सुरु भएको बैठकमा संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा सभापति रवि लामिछाने उपस्थित छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा छफल भएको बुझिएको छ । त्यस्तै सदूरपश्चिम प्रदेश सरकार ढलेको विषयमासमेत समीक्षा भएको जनाइएको छ ।

बैठकबाट उप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बाहिरिएका छन् । उनले बैठकमा राष्ट्रपतिको विषयमा छलफल नै नभएको बताए ।

सत्ता गठबन्धनकै दल नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिँदा एमाले नेतृत्वको उक्त सरकार ढलेको छ ।

सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सत्तरुढ दलहरुले केपी ओलीको संयोजकत्वमा उच्चस्तरिय राजनीतिक संयन्त्र गठन गरेका थिए । जहाँ सत्ता साझेदार दलहरुका शीर्ष नेताहरु सम्मेलित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर