खोटाङ । त्रि–धार्मिक स्थल हलेसी महादेव मन्दिरमा कार्यरत कर्मचारी र पुजारी लगायतलाई जाडो छल्न न्यानो ज्याकेट वितरण गरिएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा हलेसी तुवाचुङ नगरपालिकाका कार्यपालिका सदस्य राकेश परियारको पहलमा हलेसी महादेव मन्दिरमा सरसफाई गर्ने कर्मचारी, पुजारी, मन्दिरमा बस्ने योगी लगायत २५ जनालाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

बिराटनगर निवासी व्यवसायी तथा स्नेहा अप्परेल्स प्रा.लि.का प्रमुख रामकाजी थापाले सहयोगार्थ प्रदान गर्नुभएको २५ थान ज्याकेट बिहिवार एक कार्यक्रमको बीच स्थानीय बुद्धिजीबी तथा समाज सेवीहरुको उपस्थितमा  ज्याकेट वितरण गरिएको हो ।

परियारले सामाजिक सञ्जाल फेसबुक मार्फत पोस्ट गर्दै भर्नुभएको छ “यो अभियान ज्याकेट बितरण गर्ने भन्दा पनि हामीले न्यानो माया साट्ने कार्यक्रमको रुपमा लिएका छौँ मैले बाचेको समाजलाई कुनै न कुनै ढङ्गबाट सहयोग गर्न पाउँदा आफुलाई निकै खुशी लागेको छ, समाज निर्माण र रुपान्तरण गर्ने अभियानमा सधै लागि रहने प्रतिबद्धता व्यक्त गर्दछु

 

प्रतिक्रिया

सम्बन्धित खवर