मोरङ्गको पथरीशनिश्चरे नपा वडा नं २ बस्ने एक जनालाई आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राऊ गरेको छ ।
गत माघ ११ गते राति आफ्नै ९० वर्षकी जगमाया श्रेष्ठलाई जग्गा सम्वन्धि विवादमा घांटी थिची मारेको अभियोगमा निजकै छोरा ४८ वर्षे कमल श्रेष्ठलाई प्रहरीले पक्राऊ गरेको हो ।

गत १२ गते देखि आमा हराएको भनि निजका आफन्त र अरू छोराले यही १४ गते नजिकैको ईलाका प्रहरी कार्यालय पथरीमा खोजतलासका लागि निवेदन दिएका थिए ।
सोहि निवेदनका आधारमा प्रहरीले अनुसन्धान तिब्र पार्नेमा निज जगमायालाई निजकै छोरा कमल श्रेष्ठले जग्गाको विवादमा घाटी थिचेर मारेको र नजिकको हरीयाली सामुदायिक वन छेउको घाटमा लगेर जलाएको समेत खुल्न आएको जनाएको छ ।
अभियुक्त कमललाई हिजो १७ गते इप्रका पथरीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी ज्यान सम्बन्धि कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर