खोटाङ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कमिटी अध्यक्षमा गोपालचन्द्र आचार्य सर्वसम्मत चयन हुनु भएको छ । दिक्तेलस्थित समीक्षलय हलमा मङ्गलबार सम्पन्न तेश्रो नगर अधिवेशनबाट आचार्य तेश्रो पटक अध्यक्षमा चयन हुनुभएको हो ।
६१ सदस्यीय नगर कमिटीकाे उपाध्यक्षमा चित्रकुमार राई, सचिवमा लेखबहादुर खड्का ‘विनोद’, उप–सचिवमा भक्तकुमारी राई र उमेश राई सर्वसम्मत चयन हुनुभएको हाे । यस्तै, सोमनाथ खनालको संयोजकत्वमा सात सदस्यीय लेखा आयाेग समिति गठन गरिएको छ ।

नवनिर्वाचित नगर कमिटी तथा लेखा आयाेग समितिलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश समिति सचिवालय सदस्य एवम् अलिख नेपाल महिला सङ्घका केन्द्रीय सचिव विणादेवी राईले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा एमाले पूर्व अध्यक्ष राम दंगाल, जिल्ला उपाध्यक्ष कुमार आचार्य, लेखा आयोगका प्रदेश सचिव ओमप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर