झापा । मेचीनगर नगरपालिका- ६ स्थित मेची पुलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्  । पक्राउ पर्नेमा मेचीनगर ११ का २३ वर्षीय सेवन उराउ रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका उराउलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका उराउलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर