मौसममा आएको परिवर्तनसँगै मानिसहरूमा विभिन्न खाले स्वास्थ्य समस्याहरु देखिन थालेको छ । मौसमी रुघाखोकी र कोरोनाको लक्षण मिल्दोजुल्दो हुने भएकाले धेरै आत्तिने गरेका छन् । कसरी छुट्याउने त नयाँ भेरियन्ट ओमीक्रोन र मौसमी रुघाखोकी ?

मौसम परिवर्तनको समय शुरु भएसँगै अधिकांश मानिसहरु मौसमी रुघाखोकीको सिकार भएका छन् । यससँगै कोरोनको पछिल्लो भेरियन्ट ओमीक्रोन संक्रमण द्रुत गतिमा बढिरहेको छ । आम मानिसले आफुलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् ।

मौसम परिवर्तन हुने समयमा मानव शरीरमा ज्वरो र रुघाखोकीजस्ता समस्या हुनु सामान्य मानिन्छ । चिसो बढ्दै गर्दा मानिसहरूलाई यस्ता समस्या देखिएको छ । झट्ट हेर्दा कोरोना संक्रमण र रुघाखोकीको लक्षण उस्तै देखिने भएकाले मानिसहरू त्रास र अन्योलमा रहने गर्छन् ।

बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहीँ कोभिडमा मात्रै देखिरहेको छ । तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा यसै कोरोना या मौसमी रुघाखोकी हो भनेर छुट्याउन नसकिने र यसको लागि पिसिआर गर्नुपर्ने विज्ञहरु बताउछन् ।

अहिले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या उच्च छ ।

मौसमी रुघाखोकीमा मानिसमा अचानक ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने जस्ता मुख्य लक्षण देखापर्छन् । ओमीक्रोन र मौसमी रुघाखोकी कसरी छुट्याउने त ?

खासगरी वृद्धवृद्धा र दीर्घरोगीलाई चिसोले बढी असर पु¥याउँछ । चिकित्सकका अनुसार कोरोना संक्रमणको जोखिमको दृष्टिले यो समूह झनै जोखिममा रहेको छ । यस्ता विरामीहरुलाई सकेसम्म स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने विज्ञहरु बताउछन् ।

घाँटी दुख्ने, असहज हुने, थकान महसुस हुने, टाउको र शरीरका मांशपेशी दुख्ने, हल्का शरीर तातिएको महसुस हुने, नाकबाट पानी आउने ओमीक्रोनको लक्षण हुन् । त्यसैले प्रशस्त मात्रामा तरल पदार्थ पिउने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा खाने, भिटामिन ‘सी’ युक्त फलफूल खाने, उचित आराम गर्ने, बिरामीलाई न्यानो पारी राख्नाले रुघाखोकी सामान्य अवस्थामै निको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर