नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि अस्वस्थ भएर कोटेश्वरस्थित निवासमै आराम गरिरहेका नेपाललाई मंगलबार कोरोना पुष्टि भएको हो । समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार मंगलबार गरिएको पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

त्यसैगरी उक्त पार्टीका उपमहासचिव डा. विजय पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना भएको छ ।

माओवादीको काठमाडौंमा भएको आठौं महाधिवेशनमा सहभागी सयभन्दा बढीलाई हालसम्म कोरोना पुष्टि भइसकेको छ । प्रचण्डलाई बालुवाटारमा भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि हाल आइसोलेसनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर