दमक — नेपाल राहत शिक्षक झापाको नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको पर्यटकीयस्थल कन्काईस्थित जामुनखाडी सिमसारमा शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनले तेजप्रसाद खनालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । २१ सदस्यीय गठित जिल्ला समितिको सहअध्यक्षमा भोजराज फुयल,उपाध्यक्षमा ओम प्रकाश गौतम ,महिला उपाध्यक्षमा उमादेवी भट्टराई,सचिबमा रमेश कुमार ढुङ्गेल ,कोषाध्यक्षमा केशवकुमार खनाल ,सहकोषाध्यक्षमा सुमित्रा मैनाली र सहसचिबमा कृष्ण प्रसाद पौडेल चुनिएका छन् ।

यस्तै सदस्यहरुमा शिवनारायण माक्रा , पुण्य सुवेदी ,मेदिनीप्रसाद खनाल , नविनकुमार सिंह राजवंसी ,टीकादेवी भन्डारी ,प्रधुम्न भट्टराई ,मदन अधिकारी लगायत रहेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय कमिटी सहअध्यक्ष बिरेन्द्र मल्लको प्रमुख आतिथ्यता तथा राहत शिक्षक झापाका अध्यक्ष रबिन मैनालीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर