सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुणामणि उप्रेती गोरेका भाइ रमेशलाई प्रहरीले जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ । इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका रमेश उप्रेतीलाई आज विराटनगर ल्याएर थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको हो । रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुणामणि उप्रेती (गोरे)का भाइ हुन्न् । सुन तस्करी प्रकरणको रहस्य बाहिरिए पछि फरार भएका उनी युएईमा बस्दै आएका थिए ।उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेशलाई हिजो दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर