नेकपा एमालेका अध्यक्ष केपी ओलीले इज्जत छाडेर माओवादी सरकारमा बसेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार भक्तपुरमा स्वदेश फर्किएका नेपालीहरुको प्रतिनिधिमूलक राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले इज्जत छाडेर माओवादी आफ्नो नेतृत्वको सरकार र अहिले कांग्रेस नेतृत्वको सरकारमा बसेको टिप्पणी गर्नुभएको हो । एमाले इज्जतसाथ सरकारमा र अहिले प्रतिपक्षीमा बसेको भन्दै उहाले एमालेले आफ्नो नीति कार्यान्वयन गर्न र गलत नीतिको विरोध गर्ने बताउनुभयो । ओलीले मुलुक अनावश्यक हिंसाको चपेटमा परेका कारण नै नेपालीहरु बिदेशीन बाध्य भएको धारणा राख्नुभयो । उहाले मुलुकको बिकास गर्न एमालेले चेतना जगाएको जिकिर गर्नुभयो । नेपाललाई बिकासको बाटोमा अघि बढाउन नागरिकहरु पनि जिम्मेवार हुनुपर्ने उहाको भनाई छ ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशमा थुप्रै विकासका काम गरेको र त्यसलाई सहन नसकेर आफ्नाहरुले नै सरकार ढालेको बताउदै एमाले मुलुकको बिकासको यात्राबाट बिचलित नहुने स्पष्ट पार्नुभयो ।

 

ओलीले नेपाल जस्तो देश छाडेर काम गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर